बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब टेलिकमका कर्पोरेट ग्राहकलाई भ्वाइस कल निःशुल्क

मंगलबार, साउन ३१ २०७४

काठमाडौं साउन, ३१–
नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि नयाँ महसुल दर  निर्धारण गरेको छ ।  उसले  पहिले देखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधालाई रिप्याकेज साथमा  नयाँ महसुल दर  निर्धारण गरेको हो । सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल समेत गर्न सक्ने छन् । त्यस्तै,  कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट समूहलाई लक्षित गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ ।

यसरी कम्पनीले उपलब्ध गराएको सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

 कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ । यो सुविधा कम्पनीको ग्राहक सेवा केन्द्रबाट लिन सकिने छ । जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो ।