बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको नाफा तीन करोड ६१ लाख

मंगलबार, साउन ३१ २०७४

काठमाडौ साउन, ३१–

नेपाल कम्युनिटी डेभलपमेन्ट बैकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा तीन करोड ६१ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक करोड ४२ लाख पाँच हजार रुपैयाँ रहेको छ । 
चुक्ता पुंजी २२ करोड दुुई लाख ९४ हजार रुपैयाँ रहेको बैकले आव २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा एक अर्ब ७६ करोड ६५ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५६ करोड ८० लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १३ करोड ४९ लख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा १० करोड ७७ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुुई करोड दुुई लाख ६३ हजार रपैयाँ रहेको बैकमा शुन्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।