बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बस्नेभो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

आइतबार, साउन २९ २०७४

काठमाडौं साउन, २९–
आईतबार दिउसो  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले तराई मधेशका अधिकांश भागमा बाढीले पारेको डुबानका बारेमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका थिए । पौडेलको आग्रहपछि सभापति देउवाले दिउँसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बैठक बस्ने भएको हो । आजको बैठकमा बाढी पहिरो तथा मधेसमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल हुने मुख्य सचिव पौडेलले बताए ।