बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कक्षा १२ बिज्ञान संकायको परीक्षाफल सार्वजनिक

शुक्रबार, साउन २० २०७४

काठमाडौं साउन, २०–
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल शुक्रबार प्रकाशन गरेको छ ।

परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षामा सहभागीमध्ये ७९।४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् ।

गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै १७ जनाको परीक्षा रद्ध गरिएको छ ।

त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । ३ जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ ४३।५९ बिद्यार्थी उत्तिर्ण भएका छन् । रासस