बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सानेपामा देउवा र पौडेलबीच गोप्य वार्ता

सोमबार, साउन ९ २०७४

काठमाडौं साउन, ९–
सोमबारको कांग्रेस केन्द्रीय समिति बैठक बस्नु अगावै कांग्रेस सभापति शेरबहादुर
 देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच वार्ता भएको छ । उनीहरु दुई जनाबीच मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा  छलफल भएको हो । श्रोतका अनुसार  दुई नेताको बीचमा मन्त्रीपरिषद्को विस्तारका बारेमा छलफल भएको हो । दुई नेताको छलफलमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मन्त्रीमण्डलमा पठाउनेहरुको नाम मागेको तर, पौडेलले भने पहिला मन्त्रालयको टुंगो लगाउनुपर्ने अडान राखेको श्रोतको भनाई छ । 
नेता पौडेलले आफ्नो पक्षले पाउने ४ मन्त्रालयमध्ये भौतिक योजना र  सूचना तथा सञ्चार मन्त्रालय आफूहरुले पाउनुपर्ने  माग गरेको छन् । उता  देउवा भने यी दुबै  मन्त्रालय पौडेल पक्षलाई  दिने मुडमा नभएको  बताईएको छ । 
तथापी  केन्द्रीय समितिको बैठक सकिए लगत्तै  दुईजना बीच पुनः छलफल गरेर  मन्त्रीपरिषदको विस्तार गर्ने तयारी रहेको श्रोतले बतायो ।