बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजपाले पनि चुनावमा भाग लिन्छः प्रमुख निर्वाचन आयुक्त

शुक्रबार, साउन ६ २०७४

काठमाडौं साउन, ६–
राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने  प्रमुख निर्वाचन आयुक्तले   विश्वास व्यक्त गरेका छन्  । शुक्रबार महोत्तरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेश्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैलाई  शंका नगर्न आग्रह गरे । उनले  मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।  आजै  प्रमुख आयुक्त यादवले  जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण तथा निर्वाचन तयारी बारे समेत जानकारी लिएका छन् ।