बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बसभित्रै बालिका बलात्कार गर्ने ‘खलासी’ पक्राउ

मंगलबार, साउन ३ २०७४

काठमाडौं साउन, ३– 
 बालिकालाई जवरजस्ती करणी गर्ने बसका सहचालक पक्राउ पररेका छन् ।   धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने १४ बर्षिय बालिकालाई सहचालक उप्रेतीले बसभित्रै जबरजस्ती करणी गरेको

केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सहचालक  उप्रेतीले गत असार १८ गते  सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बसभित्र जबरजस्ती करणी गरेको बताइएको छ ।

प्रहरीले यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।