बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजश्व दाखिलाका लागि शनिवार पनि बैकहरु खुल्ने

बुधबार, असार २८ २०७४

काठमाडौ असार २८
सरकारी कारोवार गर्ने सबै बैकह्रुलाई शनिवार पनि कार्यालय खुल्ला गर्न राष्ट्र बैकले निर्देशन दिएको छ । चालुु आर्थिक बर्षको अन्तिम दिन असार ३१ गते राजश्व दाखिला गर्ने अन्तिम दिन पनि भएकोले शनिवार भएपनि चालुु आर्थिक बर्षको हिसाव मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन अनुसार  आईपिएस मार्फत पुरै दिन खुल्ला गर्न राष्ट्र बैकले निर्देशन दिएको हो । सो दिन राजश्व रकम बुुझ्ने राजश्व दाखिला सम्वन्धी चेकहरु सोही दिन सेटलमेन्ट हुुने गरी क्लियरिङ मार्फत राजश्व जम्मा हुुने व्यवस्था गर्न राष्ट्र बैकले निर्देशन दिएको छ ।