एजेन्सी – खेलाडीहरुको मूल्य उनीहरुले खेलमा गरेको लगनशीलता, लगानी, परिश्रम र मेहनतका आधारमा निर्धारण हुने गर्छ । राम्रो खेल खेल्ने खेलाडीहरु महंगो मूल्यमा किनबेच हुने गर्दछन् ।
प्रिमियर लिग फुटबल एउटा यस्तो प्रतियोगिता हो जहाँ महंगो दरमा खेलाडीहरु किनबेच हुने गर्छन् । प्रिमियर लिगको इतिहासमा धेरै मूल्यमा बिक्रि भएका तीन खेलाडीहरु यी हन् :
१ पौल पोग्वा : प्रिमियर लिगको इतिहासमै शीर्ष स्थानको महंगो खेलाडीका रुपमा चिनिएका छन् पोग्बा । उनी म्यानचेस्टर युनाइटेडमा ८९ मिलियन पौण्डमा हस्ताक्षर गरेर अनुबन्धित भएका हुन् ।
उनी बेलाबखत केहि यस्ता गल्तीहरु पनि गर्छन् जुन घटनाले उनी चर्चाको शिखरमा त आउँछन् नैं त्यसले जीवनमा पनि उलटपुलट ल्याउँछ । पोग्वा एकताका जुबेन्टस क्लवमा निःशुल्क फुटबल खेल्न गएका थिए । तर पछि उनले महंगो रकमको माग गरे र बिवादित पनि बने ।
२ रोमेलु लुकाकु : उनी म्यानचेस्टर युनाइटेडमा ७५ मिलियन पौण्डमा हस्ताक्षरीत भएका हुन् । उनी प्रिमियर लिगमा दोस्रो नम्बरका महंगा ख्लाडीका रुपमा चिनिन्छन् । यसअघि एभर्टनले उनलाई सन् २०१४ मा २८ मिलियन पौण्डमा अनुबन्धन गरेको थियो ।
३ एंगेल डि मारिया : एंगेल मारिया म्यानेस्टर युनायटेडमा ५९.७ मिलियन डलरमा अनुबन्धन हुँदै तेस्रो महंगो खेलाडीका रुपमा पहिचान बनाउन सफल भए । यी अद्भुत क्षमताका धनि फुटबलर अर्जेन्टिनाका व्यवसायीक फुबल हुन् । सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिकको उपाधि उचाल्दा उनले नैं गरेको गोल निर्णायक बन्दै स्वर्णं पदक हात पारेको थियो । उनले दुइ पटक विश्वकप फुटबलमा भाग लिए भने तीन पटक कोपा अमेरिका कपमा पनि सहभागिता जनाए ।