शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एमालेलाई गाउँपालिकाको साथ

मंगलबार, असार २० २०७४

काठमाडौं – पहिलो चरणको स्थानीय चुनावमा नगर क्षेत्रमा प्रभाव जमाएर पहिलो दल बनेको नेकपा एमालेले दोस्रो चरणमा गाउँपालिकाको साथ पाएको छ । 

सोमबार साँझसम्म घोषित २ सय ५७ तहको परिणाम अनुसार एमालेले ८३ गाउँपालिकामा प्रमुख जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले ६८ गाउँपालिका प्रमुख जितेको छ । 

सोमबार साँभसम्म ६८ नगरपालिकाको नतिजा आउको छ, जसमा एमाले र कांग्रेस दवैले ३१, ३१ नगरप्रमुख जितेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।