बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उद्योग विकास शाखाबाट उद्योग दर्ता हुने

शनिबार, असार १७ २०७४

असार १७, काठमाडौँ – जिल्लामा दर्ता हुने लघु, घरेलु तथा साना उद्योग दर्ता अब ‘उद्योग विकास शाखा’बाट हुने भएको छ । 

यसअघि घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट उद्योग दर्ता हुँदै आएकोमा अबदेखि उद्योग विकास शाखाबाट हुन लागेको हो । 

उद्योग मन्त्रालयको यही असार १४ गतेको सचिवस्तरीय निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट हुने काम उद्योग विकास शाखाबाट गर्न समिति र विभागलाई निर्देशन दिएको हो । 

हाल ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग विभागबाट काम हुँदै आएको छन् । 

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जिल्ला सदरमुकाममा रहेका घरेलु तथा साना उद्योग कार्यालय र समितिबाट काम गर्दे आए पनि अब उद्योग विकास शाखाबाट गर्ने बताए। 

उनले भने, “अहिले प्रत्येक जिल्लाको जिल्ला सदरमुकाममा रहेका उद्योग विकास शाखाबाट काम गर्ने र विस्तारै यसलाई ७४४ वटै स्थानीय तहमा पुर्याउनेछौँ ।” 

उद्योग विकास शाखाको सम्पूर्ण काम भने घरेलु तथा साना उद्योग विभाग र समितिका कर्मचारीले गर्नेछन् ।