बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भोट हाल्न लाइनमा बसेका ८५ वर्षीय भण्डारीको मृत्यु

बुधबार, असार १४ २०७४

असार १४, झापा – झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।

दमक नगरपालिका – १४ का ८५ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।

उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार उनी बिरामी थिए ।