काठमाडौ असार ५
मिर्मिरे माईक्रो फाइ्र्रनान्स डेभलपमेन्ट बैंकले एक करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । संस्थाले चुक्ता पुंजीको एक बराबर शुन्य दसमलव ५० को अनुपातमा एक लाख ५० हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
प्रभु क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको बैकको असार पाँच गतेबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य आगामी साउन आठ गतेसम्म जारी रहने छ । हाल चुक्ता पुंजी तीन करोड रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी चार करोड ५० लाख रुपैयाँ पुग्ने छ । अधिकृत पुंजी १० करोड रुपैयाँ रहेको बैंकको जारी पुंजी भने चार करोड ५० लाख रुपैयाँ रहेको छ ।