बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनबी इन्स्योरेन्स कम्पनीको २७ करोडको हकप्रद

सोमबार, असार ५ २०७४

काठमाडौ असार ५
एनबी इन्स्योरेन्स कम्पनीले आज सोमबारबाट चुक्ता पुंजी २७ करोड रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 
ग्लोवल आईएमई क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी साउन नौ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी २७ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चाात भने चुक्ता पुंजी ५४ करोड रुपैयाँ पुग्ने छ ।