काठमाडौ असार १
आज बिहिबारट हिमालयन पावर पार्टनर लिमिटेडको २१ करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २१ लाख ३० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
हाल ८५ करोड २३ लाख रुपैयाँ चुक्ता पुंजी रहेकोमा साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी एक अर्ब छ करोड रुपैयाँ पुग्ने छ । कपनीमा संस्थापक सेयरधनी समुहको ७० प्रतिसत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिसत र सर्वसाधारणको २० प्रतिसत सेयर लगानी रहेको छ ।