काठमाडौ जेठ २९
नेप्सेको निरन्तरको गिरावटले लगानीकर्ताहरु हैरान भएकाछन । नेप्से आज नौ दसमलव ९७ अंकले घटेर १५ सय ८० दसमलव ५२ बिन्दुुमा पुुगेको छ । सेन्सिटिभ पनि दुुई दसमलव दुुई अंकले घटेर तीन सय ३५ दसमलव ४० बिन्दुुमा पुुगेको छ । एक सय ३८ कम्पनीहरुको छ हजार सात सय २३ वटा कारोवारमा सात लाख ९८ हजार छ सय १३ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४९ करोड ८८ लाख ९६ हजार तीन सय ५४ रुपैयाँ पुुगेको छ ।
आज वटा वटा समुहको कारोवार भएकोमा सबैको कारोवार घटेपछि नेप्से रातै भएको छ । बीमा समुहको सुचक ८१ दसमलव छ अंकले घटेर आठ हजार तीन सय ३२ दसमलव ५१ बिन्दुुमा झरेकोमा १२ करोड ८९ लाख २४ हजार रुपैयाँको सेयर किनबेभ भएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ४९ अंकले घटेर १४ सय १२ दसमलव ९२ बिन्दुुमा झरेकोमा १८ करोड ६४ लाख ४५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक पनि १२ दसमलव ९८ अंकले धटेर १९ सय ३३ दसमलव ९६ बिन्दुुमा झरेकोमा १२ करोड ६४ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक २३ दसमलव ३८ अंकले घटेर १९ सय ७३ दसमलव २५ बिन्दुुमा झरेकोमा दुुई करोड ४२ लाख ५५ हजार छ सय रुपैयाँको सेयर सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ वल्र्ड मर्चेन्ट फाईनान्स १४९ ९.५६
२ नेशनल माईक्रो फाईनान्स ९९७ ६.९७
३ लक्ष्मी लघुबित्त संस्था १८८० २.७३
४ मञ्जुुश्री फाईनान्स १६९ २.४२
५ किसान माइक्रो फाईनान्स २८८४ २.४१
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स) १३६१ ९.४४
२ तारागाउँ रेजिडेन्सी होटल २५१ ५.६३
३ नयाँ नेपाल लघुबित्त संस्था २२१० ३.९१
४ पुर्णिमा बिकास बैंक २९८ ३.८७
५ कन्काई बिकास बैंक ५६३ ३.७६