बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसका निलम्बित सांसद टेकबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौँ – निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

उनीसहित पूर्व मन्त्री बद्री न्यौपाने पनि दोषी ठहर भएका छन् । समाज कल्याण परिषद्को भृकृटीमन्डपस्थित जग्गा लिजमा दिदा भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरु दोषी ठहर भएका हुन् ।

गत मंसिरको चुनावमा गुरुङले नेपाली कांग्रेसको तर्फबाट मनाङमा चुनाव जितेका थिए ।