मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं – अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज तीन दशमलव ६५ अंकले घटेर दुई हजार २३ दशमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८५ अंकले घटेर तीन सय ८३ अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ३७ हजार तीन सय ३८ पटकको कारोबारमा ५१ लाख २० हजार आठ सय ८८ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ८९ करोड ३७ लाख ६३ हजार तीन सय ६५ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि आठ वटा समुहले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३८ अंकले घटेर १३ सय २१ दशमलव ५६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ९६ अंकले घटेर १० हजार एक सय ८१ दशमलव ५१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुक र लघुवित्त समुहको सुचक पनि उच्च अंकले घटेका छन् । निर्जिवन बीमा समुहको सुचक पनि सात दशमलव २७ अंकले बढेर आठ हजार नौं सय १३ दशमलव १८ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्राली परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।