बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कालिका माइक्रोक्रेडिटको सातौं वार्षिक साधारणसभा सम्पन्न

बिहिबार, बैशाख २८ २०७४

आर्थिक संवाददाता
काठमाडौं, वैशाख २६
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ६५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि १७ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 
हाल चुक्ता पुँजी पाँच करोड रुपैयाँ रहेको बैंकको बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी आठ करोड २५ लाख रुपैयाँको हाराहारीमा पुुग्नेछ । यसैगरी सभाले हाल १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको थप पाँच जिल्ला कार्य क्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा शाखा संख्या ४५ पु¥याउने लक्ष्य लिएको बैंकले हाल भने ३८ वटा शाखामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।