काठमाडौं । एमालेले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता गरेको छ ।
बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउनका लागि एमालेका शीर्ष नेताहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका थिए ।
उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।