काठमाडौं,
राष्ट्रिय वाणिज्य बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले वैशाख २६ गते मंगलबार राजधानीस्थित होटल अन्नपूर्णमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०७२÷०७३ को वित्तीय विवरण सार्वजनिक गर्नुुका अतिरिक्त आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।