काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको हो ।
आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ । कांग्रेस लगायत ८ दलले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति गर्दा एमालेले आफ्नै तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने बताउँदै आएको छ ।