बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज मनोयन

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
 
निर्वाचन आयोगले बिहान १० बजे देखी  दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

शुक्रवार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन । 
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिए पछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ? भन्ने अझै अन्यौल कायम छ । यद्धपी एमालेले आज सचिवालय बैठक बोलाएर निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।