बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन गरिने

शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

मतदाता नामावलीमा समावेश भएका नाममा दावी विरोध, उजुरी र छानविन पछि निर्वाचन अधिकृतको कार्यालयले आज नामावली प्रकाशन गर्ने भएको हो ।

आयोगले गत बुधवार मतदाता नामावली सार्वजनिक गरेको थियो ।

सार्वजनिक नामावलीमाथि बिहीवार मध्याह्नसम्म दाबी बिरोधको उजुरी दिने समय तोकिएको थियो ।  

निर्वाचन कार्यतालिका अनुसार १३ गते उमेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।

मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।