बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

बिहिबार, फाल्गुन ११ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । 

सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ । 

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ । 

यस अघि हिजोमात्र एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बनाउन प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका थिए ।