बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

बिहिबार, फाल्गुन ११ २०७९

काठमाडौं  । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् ।
 
बिहिवार सामाजिक सञ्जालमार्फत रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन् ।
 
‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

Capture.JPG