काठमाडौं – नेप्सेमा पहिरो गएको छ । आज सोमबार नेप्से २३ दशमलव ६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव ९१ प्रतिशतले घटेर तीन सय ९१ दशमलव ५४ अंकमा पुगेको छ । दुई सय ५८ वटा कम्पनीहरुको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौं सय ९३ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुँदा सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ११ अंकले घटेर २३ सय ४१ दशमलव ९० अंकमा अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि २४ दशमलव छ अंकले घटेर २५ सय १७ दशमलव ६१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ६६ अंकले घटेर १० हजार दुई सय २६ दशमलव ७८ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ६३ दशमलव २५ अंकले घटेर आठ हजार आठ सय ९६ दशमलव ४० अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जीवन बिकास लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।