काठमाडौं – नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पुन १३ दशमलव ९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ६६ अंकले घटेर चार सय दशमलव तीन अंकमा पुगेको छ । दुई सय ५६ वटा कम्पनीहरुको ३३ हजार चार सय ८३ पटकको कारोबारमा ४८ लाख १५ हजार एक सय २० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ७३ करोड २५ लाख ७५ हजार दुई सय दुई रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७९ अंकले घटेर १३ सय ६० दशमलव ७२ अंकमा अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ५० अंकले घटेर २५ सय ७९ दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १६ दशमलव ३९ अंकले घटेर १० हजार चार सय ५७ दशमलव ५३ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ७२ दशमलव ११ अंकले घटेर नौं हजार ८३ दशमलव ६७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गरिमा डिवेञ्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ ।