एकै दिन ६० अंकले घट्यो नेप्से
काठमाडौँ – नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६० दशमलव ७७ अंकले घटेर २१ सय २१ दशमलव ८६ अंकमा पुगेको छ भने भने सेन्सिटिभ पनि १० दशमलव ९९ अंकले घटेर चार सय चार दशमलव ४३ अंकमा पुगेको छ । दुई सय ५३ वटा कम्पनीहरुको ५१ हजार दुई सय २६ पटकको कारोबारमा ८१ लाख ३९ हजार आठ सय ४० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक २८ दशमलव ७३ अंकले घटेर १३ सय ७७ दशमलव २२ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि एक सय ४१ दशमलव ४९ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव ६१ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुुचक पनि एक सय ११ दशमलव १९ अंकले घटेर २६ सय २७ दशमलव ४८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि तीन सय ५७ दशमलव २६ अंकले घटेर १० हजार छ सय ५९ दशमलव १७ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ उपसमुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खप्तड लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्रालि परेको छ ।