मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सात अंकले घट्यो नेप्से

बुधबार, माघ २५ २०७९

काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने सात दशमलव १३ अंकले घटेर २१ सय ७० दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८७ अंकले घटेर चार सय १४ अंकमा पुगेको छ । दुई सय ५७ वटा कम्पनीहरुको ५५ हजार छ सय दुई पटकको कारोबारमा एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार आठ सय १७ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा अन्य समुहको सुुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७९ अंकले घटेर १४ सय एक दशमलव २७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ३६ अंकले घटेर २७ सय ११ दशमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ६३ अंकले घटेर १० हजार नौं सय ३४ दशमलव ४३ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २८ दशमलव ५४ अंकले घटेर नौं हजार तीन सय ८९ दशमलव ५७ अंकमा पुगेको छ । । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र टेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।