बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से नौ दसमलव दुई अंकले घट्यो

बिहिबार, बैशाख २१ २०७४

काठमाडौ बैशाख २१ 
नेप्से नौ दसमलव दुई अंकले घटेर १६ सय ५३ दसमलव १८ बिन्दुमा झरेको छ । सेन्सिटिभ पनि एक दसमलव ८७ अंकले घटेर तीन सय ५३ दसमलव ५५ बिन्दुमा झरेको छ । 
आज एक सय ४४ कम्पनीहरुको सात हजार एक सय २५ वटा कारोवारमा १२ लाख ९५ हजार पाँच सय ७३ कित्ता सेयर खरिद बिक्री  भएका छन भने कारोवार रकम ७९ करोड ५९ लाख २९ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक बढेर बाँकी समुहको कारोवार सुचक घटेको छ । बीमा समुहको सुचक ९३ दसमलव ६८ अंकले घटेर आठ हजार आठ सय ८४ दसमलव ८२ बिन्दुमा झरेकोमा १९ करोड ६० लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य समुहको सुचक पाँच दसमलव ९२ अंकले घटेर १५ सय १० दसमलव १८ बिन्दुमा झरेकोमा ३१ करोड ७४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १२ दसमलव ४४ अंकले घटेर १९ सय ६२ दसमलव ६६ बिन्दुमा झरेकोमा ११ करोड ९० लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
आज होटल, जलबिद्युत र अन्य समुहको सुक पनि घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्र स     कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको मुल्य 

१    भार्गभ बिकास बैक     ३६३                १०
२    सहारा बिकास बैक    ५५०                १०
३    साँग्रिला डेभलपमेन्ट बैक ४७७                ६.३७
४    सप्तकोशी डेभलपमेन्ट बैक    ४५०            ४.४६
५    मेरो माईक्रो  फाईनान्स        १४३४            ३.९९
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्र स    कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको मुल्य 
१    कावेली बिकास बैंक        ५९१                ७.५१
२    प्रोग्रेसिभ फाईनान्स        २१४                ६.५५
३    सेती फाईनान्स            २३१                ६.४७
४    स्वरोजगार लघुबित्त बिकास बैक २५७१                ५.७८ 
५    युनाईटेड फाईनान्स        ३०३                ५.६२