मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्से रातै, सुचक तथा कारोबार रकम दुबै घटे

बिहिबार, माघ १९ २०७९

काठमाडौं – नेप्से रातै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ८० अंंकले घटेर तीन सय ९८ दशमलव ३७ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ४२ पटकको कारोबारमा ५८ लाख ९८ हजार नौं सय तीन कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब नौं करोड ६४ लाख १९ हजार एक सय ६१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ४३ अंकले घटेर १३ सय ६३ दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५४ दशमलव ५१ अंकले घटेर २५ सय ८८ दशमलव ९९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव १६ अंकले घटेर १० हजार छ सय ६१ दशमलव ६९ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३३ दशमलव १४ अंकले घटेर नौं हजार ६५ दशमलव ७४ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्टान्र्डड चार्टड बैंक परेको छ ।