बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो

बुधबार, माघ १८ २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला हिजोका तुलनामा पाँच सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।