काठमाडौँ – नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिन राख्नु पर्ने व्यवस्था खारेजी गरिदिएको छ ।
वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकको नाउँमा बिहिबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले आयातमा नगद मार्जिन सम्वन्धी व्यवस्था खारेजी गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।
एकीकृत कारोबार २०७८ मा संशोधन गर्दे राष्ट्र बैंकले भनेको छ, राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जार गरिएको एकीकृत कारोबार परिपत्र २०७८ को मार्जिन लिई प्रतितपत्र मार्फत आयात गनुपर्ने व्यवस्था खारेज गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।