बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

बुधबार, पुष २७ २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा  आएको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ । 

 महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।