बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँच सयको नक्कली नोट भेटियो

शुक्रबार, बैशाख १५ २०७४

दमक, १५ वैशाख । झापाको दमकमा नेपाली पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली  पाँच सयको नोट नक्कली भेटिएको हो ।

मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए।

उनले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताए । त्यस नोटलाई उनले सुरक्षित राखेका छन् । दमकमा पाँचसय दरका नेपाली नक्कली नोट भित्रिएको हुनसक्ने उनले आशंका गरे ।

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ । केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।