बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्याङजामा भरुवा बन्दुक फेला

आइतबार, पुष २४ २०७९

स्याङजा – फेदीखोला गाउँपालिका–१ रामकोटबाट बाह्र बोरको एकनाले भरुवा बन्दुक १ थान र ४ राउन्ड गोली सहित सोही गाउँपालिका–१ उपल्लो कुडुले बस्ने ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त बन्दुक बोकी शिकार खेल्न हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।