बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सशस्त्र प्रहरीद्वारा डेढ सय घुमुवाको सरुवा

शनिबार, पुष २३ २०७९

काठमाडौँ – गृहमन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका घुमुवा प्रहरी तथा कर्मचारीको विवरण मागिएलगत्तै सशस्त्रले बिना बर्दीमा हिंड्ने एक सय ३४ जनालाई  सरुवा गरेको छ । सशस्त्र मुख्यालय हलचोकमा रहेको मानवस्रोत विभागले हिजो बेलुका गरेको सरुवासूचीमा मुलुकभरका युनिटबाट खटिएका घुमुवाहरुको अदलीबदली भएको बताइन्छ । 

सरुवा भएकामध्ये पाँच जना नायव निरीक्षक (सइ) छन् भने सात जना असइ  छन् । सरुवा सूचीमा वरिष्ठ हवल्दार १८ जना र कायम मुकायम वरिष्ठ हवल्दारको संख्या तीन रहेको छ । अन्य सरुवामा हवल्दारहरु २१ जना र सशस्त्र प्रहरी सहायक हवल्दार ६० जना छन् । त्यसैगरी सशस्त्र प्रहरी जवान २१ जनाको पनि सरुवा भएको छ । जनआस्थाबाट

1_ZSDHF2ZNVe.jpg2_27mx8U89qW.jpg3_aZP6LFSMLn.jpg4.jpg5_fO7wI7sDOf.jpg4_5Bb8sRNl4G.jpg

7.jpg8.jpg