बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधबार, पुष २० २०७९

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलरमा २३ पैसाले वृद्धि भएको छ जसकाे खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

मंगलबार यसको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।

आज युरोपियन युरोमा १ रुपैयाँ ४७ पैसाले ओरालो लागेको छ । आज युरोपियन युरो एकको खरिद १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददरमा १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसामा करोबार भएके थियो । 

यसरी नै अष्ट्रेलियन डलरको खरिदमूल्य ८८ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ३० पैसामा कारोबार भैरहेको छ । मंगलबारको तुलनामा बुधबार अष्ट्रेलियन डलरमा ९६ पैसाले ओरालो लागेको हो । 

यस्तै साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १७ पैसा रहेको छ । 

 कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ १ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५५ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।