बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहिबार, पुष ७ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। 

यसरी नै युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४०१ रूपैयाँ ९७ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।