सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गुल्मी क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित

बुधबार, मंसिर ७ २०७९

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

एमाले केन्द्रिय सचिव समेत रहेका बिष्टले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । 

बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।