सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बारा १ मा वहालवाला मन्त्री चौधरी झण्डै चार हजार मतान्तरले एमालेका मैनाली भन्दा पछाडि

बुधबार, मंसिर ७ २०७९

बारा । बारा १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका वर्तमान खानेपानीमन्त्री उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् । 

यो क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाएका छन् । एक हजार चार सय एक मत बदर भएको छ । 

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए । ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । निर्वाचनमा कांग्रेसका चौधरीले दुई हजार चार सय २० मतले विजयी भएका थिए ।