बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बंगलादेश बैकको तीन अर्ब २० करोडको हकप्रद आउने

मंगलबार, चैत्र २९ २०७३

  

काठमाडौ चैत २९
बंगलादेश बैकले बैशाखको पहिलो साता नेपाल तीन अर्ब २० करोड ९४ लाख रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैकले हाल कायम रहेको चुक्ता पुंजी चार अर्ब एक करोड १७ लाख ५८ हजार छ सय रुपैयाँ मध्येबाट १० बराबर आठको अनुपातमा तीन करोड २० लाख ९४ हजार ६८ दसमलव ८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
ग्लोवल आईएमई क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको बैकको हकप्रद सेयरको बिक्री कार्य आगामी जेठ १० गतेसम्म जारी रहने छ । अधिकृत पुंजी १० अर्ब, जारी पुंजी सात अर्ब २२ करोड ११ लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी सात अर्ब २२ करोड ११ लाख ६५ हजार पाँच सय रुपैयाँ पुग्ने छ । बैकमा नेपाली संस्थापकको १० दसमलव ७४ प्रतिसत, सर्वसाधारणको ४८ दसमलव ३५ प्रतिसत र बंगलादेशको आईएफआईसी बैकको ४० दसमलव ९१ प्रतिसत सेयर लगानी रहेको छ ।