मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

झापा गौरादहमा भतिजलाई गोलि हानेर काकाले गरे आत्महत्या

बुधबार, कार्तिक २ २०७९

झापा ।  झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् । 

मँगलबार साँझ को समयमा गौरादह ८ बस्ने स्थानीय बिरेन साहले आफ्नै भतिज माथि गोलि प्रहार गरि पुनस् आफैंलाई गोलि हानी आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घाइते १४ बर्षिय भतिज हेमराज साहलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएकोछ । उनको मृतक वीरेन साहको कन्चटमा गोली लागेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका बिरन साह पुर्व प्रहरी रहेको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।