काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा एमाले प्रवेश गरेकी छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सोमबार साँझ खादा र टीका लगाई पार्टीमा स्वागत गरे ।
संविधानसभा सदस्यसमेत रहेकी रावल नेकपा एसनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्ने साथै नेकपा एसको भविष्य नभएको भन्दै आफू एमालेमै फर्किएको उनले बताइन् ।
उनीसँगै नेकपा एस जाजरकोटका सचिव अर्पण रावल पनि एमाले प्रवेश गरेका छन् ।