मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सत्ता गठबन्धन कार्यकर्ता स्तरमा छैन नेता स्तरमा मात्रै सीमित छ : महेश बस्नेत 

सोमबार, असोज ३१ २०७९

भक्तपुर । एमालेबाट भक्तपुर(२ का उम्मेदबार महेश बस्नेतले सता गठबन्धन नेता स्तरमा मात्रै सिमित रहेको दाबी गरेका छन् । ‘गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’

प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो ।’हामी सता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छु, ती कार्यकर्ताहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने । 

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ वस्नेतले भने ।  

पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ ।