मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आजको मौसम : एक-दुई स्थानमा हल्का वर्षा, बाँकी स्थानमा सामान्यतया सफा रहने

सोमबार, असोज ३१ २०७९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकारण पश्चिमी पहाडी क्षेत्रबाहेक देशभरको मौसम सफा रहेको छ । 

दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । 

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

 बुधबार पहाडी भूभागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।