सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिंगलगायत आधुनिक प्रविधिको माध्यमबाट ठूला पूर्वाधार आयोजना तथा संस्थाहरुदेखि साना तथा मझौला व्यापार तथा व्यक्तिगत ग्राहकहरु समेटेर अर्थतन्त्रको सम्पूर्ण आयामहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।
विगत १५ वर्षमा लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैकिंग क्षेत्रमा उच्च स्तर कायम गरेको छ ।
सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रुपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । बैंकले जनवरी २०१७ मा प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकको सहायक कम्पनीहरु, लक्ष्मी लघुवित्त वित्तिय संस्था (घ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्था) तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड आफ्नो क्षेत्रमा सबल उपस्थिति जनाउन सफल भएका छन् ।
लक्ष्मी बैंक समूहको पौष २०७३ सम्ममा कूल सम्पत्ति रु ६४.८ अर्ब तथा खुद मुनाफा रु ४५.३ करोड रहेको छ । सबै प्रमुख वित्तिय परिसूचकहरु नियामक सीमा भित्रै रहेको छ । उक्त अवधिमा बैंकको निष्कृय कर्जा १.३१% तथा कर्जा निक्षेप अनुपात ७७.६९% रहेको छ । बैंकले हाल कायम रु ३.१५ अर्ब चुक्ता पूँजीमा १ः१ को अनुपातमा हकप्रद शेयर तथा त्यसपछि १८.२९% बोनस शेयर घोषणा गरेको छ ।
बैंकले दिगो बैंकिंग अभ्यास अबलम्बन गरेको छ । बैंकले ] Orange loves Green को अवधारणामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण मैत्री एचयमगअत हरुको प्रवद्र्धन तथा देशका विभिन्न भागहरुमा वातावरण संरक्षण अभियानहरु सञ्चालन गरेको छ ।