बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उम्मेदवारी फिर्ता नलिने धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्काषित

शुक्रबार, असोज २८ २०७९

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं। २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्काषनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए । पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।