मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बागीलगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रिय समिति बस्दै

शुक्रबार, असोज २८ २०७९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । 

सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध (बागी) उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्यालगायतमा छलफल हुनेछ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागी हुनेछन् ।